रास्वपालाई झट्का, धनुषा–१ का उम्मेदवार किशोरी साहको उम्मेदवारी नै खारेज


काठमाडौं, १९ फागुन । निर्वाचन आयोगले रास्वपाको तर्फबाट धनुषा–१ मा उम्मेदवार रहेको किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको छ । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको स्पष्ट पारे ।

उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी आयोगबाट खारेज भएको हो । रास्वपाले भने साहलाई आम नागरिकको हितलाई प्राथमिकतामा दिने, पारदर्शी र सहभागी नेतृत्वकर्ताको रुपमा चिनाएको थियो ।