काठमाडौं, फागुन २० । धनगढीमा होली मनाउँने क्रममा दुई समूहबीच भएको झडपमा प्रहरी निरिक्षक बलराम पाण्डे र प्रहरी सहायक निरिक्षक डबल साउद घाईते भएका छन् । मंगलबार साँझ कैलाली गाउँमा भएको उक्त झडपमा सिभिल पोषाकमा रहेका प्रहरी निरिक्षक र सहायक निरिक्षक घाईते भएका थिए । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेकोमा प्रहरी साहायक निरिक्षक साउदको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ।
केटाहरुबीच भएको ‘ग्याङ फाईट’ नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर समेत गरेको थियो। दुई टोलका युवाबिच पुरानो रिसइवीको निहुँमा होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको जनाइएको छ। प्रहरीले झडपमा संलग्न १२ जनालाई पक्राउ गरि हिरासतमा राखेको छ। स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरेका छ ।




प्रतिक्रिया