पैसाको बिटोसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार यादव !


काठमाडौं, फागुन २०। जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । भोली हुने निर्वानका लागि सिरहा-३ का उम्मेदवार यादव मौन अवधिका बेला नगदसहित पक्राउ परेका हुन् ।

नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र। २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई चेकजाँच गर्दा ४ लाख बढी नगदसहित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार उक्त गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद गरिएको छ । नेता यादवले बरामत गरिएको स्रोत खुलाउन नसकेपछि थप कारवाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पठाइएको छ ।