निर्वाचन तयारीबारे आयोगको विशेष पत्रकार सम्मेलन आज २ बजे


काठमाडौँ, २० फागुन । निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी दिन विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

मतदानको लागि सम्पूर्ण तयारी पूरा भएको सन्देश सहित कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ब्रिफिङ गर्न पत्रकार सम्मेलन राखिएको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

बुधबार दिउँसो २ :०० बजे आयोगको मिडिया सेन्टर हलमा विशेष पत्रकार सम्मेलन राखिएको छ ।