पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गरे मतदान


२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मतदान गरेका छन् । उनले कञ्चनपुर–२ मा पर्ने शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा रहेको बैजनाथ मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

नेता साउद कञ्चनपुर–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । उनी गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
कञ्चनपुर–२ मा नेकपा एमालेबाट वचनबहादुर सिंह, नेपाली कम्युनिस्ट पार्टीबाट माधव पन्त, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दीपक बोहरा लगायतका उम्मेदवार प्रतिष्पर्धामा छन् ।