काठमाडौं, फागुन २१ । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र साह काठमाडौंमा मतदान गरेपछि हेलिकोप्टर चार्टर गरेर झापा प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार बालेन हेलि एभरेष्टको हेलिकोप्टर चार्टड गरेर झापा तर्फ लागेका हुन् ।
आज काठमाडौंबाट झापाका लागि कुनै पनि नियमित हवाई उडान नभएकाले उनी चार्टर उडानमार्फत त्यसतर्फ लागेका हुन् । हेलि एभरेष्टकै मालिक मिङमा शेर्पा संखुवासभाबाट रास्वपाकै तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्।





प्रतिक्रिया