काठमाडौं, २१ फागुन । भारत सरकारले नेपालमा अब बन्ने नयाँ सरकारसँग काम गर्न तत्पर रहेको बताउको छ । नेपालमा आज सम्पन्न भएको निर्वाचनका सम्बन्धमा सञ्चार माध्यमका जिज्ञासाहरुमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।
उनले उत्साहजनक सहभागितासति नेपालका नगारिकहरुद्धारा आज आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा स्वागत गरेका छन् । उनले गत वर्ष घटेका असाधारण परिस्थितिहरुका बाबजुद यो निर्वाचनलाई सफतालपूवर्क सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार र नेपाली जनता साथै विभिन्न सरोकारवालाहरुलाई बधाई दिएको छ ।
स्तै भारतले नेपालमा शान्ति, प्रगति र स्थायित्वका लागि निरन्तर सहयोग गर्दै आएको पनि स्मरण गराएको छ । आफूहरुले सोही प्रतिबद्धतालाई कायम राख्ै नेपाल सरकारको अनुरोधमा यस चुनावका लागि पनि बन्दोबस्तीका सामाग्रीहरु उपलब्ध गराएको पनि प्रवक्ताले उल्लेख गरेका छन् । उनले भनेका छन्, हामी दुई देश र जनताबीचको मजबुत एवम् बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर छौं ।




प्रतिक्रिया