काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा सदस्यको लागि बिहीबार सम्पन्न निर्वाचनअन्तर्गत भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रको मतगणना मध्यरातिदेखि सुरु भएको छ ।
भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राति १२ः३० बजेदेखि मतगणना सुरु भएको हो । भक्तपुर क्षेत्र नं १ मा कुल एक लाख सात हजार ५४ मतदाता रहेकामा त्यहाँ ७८ हजार २७२ मत अर्थात् ७३.११ मत खसेको छ ।
त्यस्तै, भक्तपुर क्षेत्र नं १ मा आज राति १ बजेदेखि मतगणना सुरु भएको हो । मध्यपुरथिमि नगरपालिका सिन्टीटारस्थित कृषि विकास बैंकको तालिम हलमा भएका मतगणना राति १ः०० बजे सुरु भएको हो । निर्वाचन क्षेत्र नं २ मा कुल ९८ हजार ३५६ मतदाता रहेकामा ७१ हजार ९९६ मत अर्थात् ७१.४६ प्रतिशत मत खसेको छ । दुवै क्षेत्रको प्रारम्भिक मतपरिणाम केहीबेरमा सार्वजनिक गरिदैछ ।




प्रतिक्रिया