काठमाडौं, फागुन २२ । काठमाडौं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापालाई पराजीत गर्दै रञ्जु विजयी भएकी हुन् । रञ्जुले १५ हजार ४५५ मतसहित विजयी हुँदा थापाले ६ हजार ३६४ मत ल्याएका छन् भने राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्र तेस्रो स्थान भएका छन् ।
उनले ३ हजार ९७२ मत ल्याएका छन भने एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत ल्याएका छन्। रन्जुले २०७९ को चुनावमा उनले काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवार बन्दा ६ सय मत ल्याएकी थिइन् । त्यस्तै, २०७४ स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा चुनाव लड्दा २३ हजार ४३९ मतसहित तेस्रो भएकी थिइन् ।




प्रतिक्रिया