सुनसरी–१ : हर्क साम्पाङ सुरुवातमै पछि परे, रास्वपा उम्मेदवार तामाङको अग्रता


काठमाडौं, २२ फागुन । सुनसरी–१ को मतगणना सुरु भएको छ। यो क्षेत्रमा रास्वपाकी उम्मेदवार सरिन तामाङले सुरुवाती अग्रता बनाएकी छिन् । उनले १४२ मत ल्याउँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पछि परेका छन् । हर्कले ४९ मत ल्याएका छन् । यस्तै, तेस्रोमा कांग्रेसका सुरेन्द्र गोले छन् ।

उनले ४० मत ल्याएका छन् । राप्रपाका उद्धव श्रेष्ठ ३४ मत सहित चौथो स्थानमा छन् भने नेकपाका मनोज भट्टराईलाई जम्मा १२ मत प्राप्त भएको छ ।