पराजित भएपछि कुलमानले भने- पाण्डेलाई बधाई, मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु


काठमाडौं, फागुन २२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई दिदै आफ्नो पक्षमा मत दिने मतदाताप्रति आभार पनि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेलाई बधाई दिदै
आफूलाई विश्वास गरेर मत दिएका क्षेत्रका मतदाताप्रति कृतज्ञता प्रकट गर्दै मतदाताले देखाएको माया र विश्वास सधैं प्रेरणाको स्रोत रहने बताएका छन् । उनले निर्वाचनको परिणाम जस्तोसुकै भए पनि क्षेत्रको समग्र विकास, सुशासन र समृद्ध नेपाल निर्माणका लागि आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो पार्टीका नेता–कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकले अभियानमा दिएको सहयोग र मेहनतप्रति उनले धन्यवाद दिएका छन् । घिसिङले सबैको साथ, माया र विश्वासले आफूलाई देश र जनताको सेवामा अझ जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको उल्लेख गरेका छन् ।