काठमाडौं, फागुन २३ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा महावीर पुनको अग्रता कायमै छ । जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले १८ हजार ८४७ मत सहित अग्रता कायम गरेका छन् । उनी निकटतम प्रतिस्पर्धि एमालेका हरिकृष्ण श्रेष्ठ भन्दा ११ हजार ९९५ बढी मत ल्याएका छन् । अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५५८ मत मात्र गणना गर्न बाँकी छ । त्यहाँ ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको थियो ।




प्रतिक्रिया