बाँके–३ मा रास्वपाका खगेन्द्र सुनार निर्वाचित


बाँके क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । उनले २९ हजार ५५१ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी एमालेका सुमन मल्लले १९ हजार ६१५, नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले १३ हजार २१५ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक गौरीमगरले ४ हजार १५ मत प्राप्त गरेका छन् ।

बाँकेको क्षेत्र नं १ मा पनि रास्वपाका सुरेश चौधरी विजयी भएका छन् भने क्षेत्र नं २ मा भने एमालेका मोहम्मद इश्तियाक राईले खाता खोलेका छन् ।