कालीकोटबाट शाही विजयी


काठमाडौं, २३ फागुन । कालीकोटबाट नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । शाहीले ११ हजार ३३८ मत ल्याउदा उनका निकटम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरे ।

त्यस्तै, नेपाली कांग्रेसका हर्षबहादुर बमले नौ हजार १३३, नेकपा (माओवादी)का उम्मेदवार खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले दुई हजार ९३७, नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७, राप्रपाका सूर्यबहादुर शाहीले ५६६ र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले २६९ मत ल्याएका छन् ।