चितवन, २३ फागुन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले) का अस्मिन घिमिरेले छ हजार ९९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङले चार हजार ४६९ मत प्राप्त गरेका छन् ।
लामिछानेले यसअघि विसं २०८० मा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका छन् । यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए । कूल एक लाख ३७ हजार १५२ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा मत ८७ हजार २२१ खसेको थियो । चितवन क्षेत्र नं २ मा २३ उम्मेदवारी चुनावी प्रतिस्पर्धामा थिए ।




प्रतिक्रिया