भक्तपुर १ मा झ-यो मादलको खरी, नेमकिपाका प्रेम सुवाल पराजित


काठमाडौं, फागुन २३ । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पराजित भएका छन्। ४८ सालदेखि नेमकिपाले जित्दै आएको उक्त क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रन्जितले जित हात पारेका छन् ।

प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गर्दा रन्जितले ३३ हजार ४३६ मत प्राप्त गरेका छन्।