सुदूरपश्चिममा खोल्यो एमालेले खाता, बझाङबाट महर विजयी


काठमाडौं, फागुन २३ । बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी भएका हुन्। कूल ५७ हजार ९९४ मत खसेकामा महरले १८ हजार ५४३ मत प्राप्त गरे भने रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेशकुमार सिंहले नौ हजार २६३, नेपाली कम्युनिष्ट पार्टीका मीनबहादुर कुँवरले नौ हजार ७५७, नेकपा माओवादीका भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५ र नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत प्राप्त गरेका छन् ।