काठमाडौं, २३ फागुन । रास्वपाका सभापति रवि लामिछानेले नागरिकसँग गरेको वाचा पूरा गर्ने बताएका छन् । उनले नागरिक करारपत्रअनुसार कामको थालनी हुने भन्दै जनतालेपनि पार्टीको वाचापत्र हेरेर नै मत दिएको उल्लेख गरे । शनिबार बिहान चितवन निर्वाचन अधिकृतको कार्यालयमा चितवन–२ बाट निर्वाचित भएको प्रमाणपत्र ग्रहणपछि पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले यस्तो बताएका हुन् ।
उनले भने,‘जनताले हामीलाइृ बाचापत्र हेरेर भोट दिएका हुन्। हामीले जेजे बाचापत्रामर्फत भनेका छौं प्रतिबद्धताका साथ पूरा गर्न सुरू गर्छौं । संयमित भएर, सम्हालिएर, सबैलाई सम्मान गर्दै नमात्तिकन, नआत्तिकन हामी काम गर्छौं सबैलाई निर्धक्क हुन अनुरोध गर्छौं,’ उनले भने।




प्रतिक्रिया