काठमाडौं, फागुन २४ । प्रतिनिधिसभाको निर्वाचनतर्फ समानुपातिकतर्फको पनि मतगणना जारी छ । बिहान ६ बजेसम्मको गणनाअनुसार रास्वपाले १० लाख ३१ हजार ७१८ मत ल्याएर अगाडि छ । दोस्रोमा नेपाली कांग्रेस छ ।
उसले तीन लाख ४३ हजार ६५७ मत ल्याएको छ । यस्तै, तेस्रोमा नेकपा (एमाले) छ । एमालेले दुई लाख ७२ हजार ११ मत ल्याएको छ। चौथोमा भने राप्रपालाई पछि पार्दै नेपाली कम्युनिष्ट पार्टीले एक लाख २० हजार १०७, पाँचौमा झरेको राप्रपाको ७३ हजार ८५७ र श्रम संस्कृति पार्टीको ४३ हजार २४२ मत रहेको छ ।




प्रतिक्रिया