सर्लाही, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ बाट चुनाव लडेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पराजित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहसंग पराजित भएका हुन् ।
बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अमरेशकुमारले ३५ हजार ६८८ मत प्राप्त गर्नु गर्दा गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए ।
नेकपा (एमालें) का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेका छन् । एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।




प्रतिक्रिया