अफताब आलमका जेठा छोराको संसदीय यात्रा सुरु, ११ हजार बढी मतान्तरले निर्वाचित


काठमाडौं, फागुन २४ । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डा. फिर्दोस आलम निर्वाचित भएका छन्। उनी आफ्ना निकटतम प्रतिस्पर्धी नेकपाका किरण कुमार साहलाई ११ हजार ८६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

ताजा अपडेट अनुसार डा। आलमले २९ हजार ५२८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी किरण कुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका शे सगिरले ९ हजार ३२५ मत प्राप्त गरे। निर्वाचित डा. फिर्दोस आलम नेपाली कांग्रेसका प्रभावशाली नेता मोहम्मद अफताब आलमका जेठा छोरा हुन्।