श्रीमतीको बीभत्स हत्या गरेर श्रीमान फरार


काठमाडौं, फागुन २३ । कैलालीको धनगढीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका–७ को देवहरियामा गएराति अन्दाजी ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या गरिएको प्रहरीले जनाएको छ। जोशीको उनकै श्रीमान डम्मरराज जोशीले हत्या गरेको खुलेको छ। प्रहरीकाअनुसार पूर्व शिक्षक समेत रहेका जोशी घटनापछि फरार भएका छन्।

उनको टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ। घटनापछि अहिले परीक्षणका लागि शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। फरार जोशीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।