काठमाडौं, २४ फागुन । ओखलढुंगामा रास्वपा उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन्। पोखरेल ५ मतको अन्तरमा विजयी भएका हुन् ।
रास्वपाका पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेल रास्वपाका पोखरेलभन्दा ५ मतले पछाडी परेका थिए ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छिन् ।




प्रतिक्रिया