२२ जनालाई उछिन्दै ललितपुर–२ मा रास्वपाका खरेल विजयी


काठमाडौं, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् । जेनजी सरकारका सञ्चार तथा सुचना प्रविधिमन्त्री बनेका खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन् ।

कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । त्यहाँ २३ जना उम्मेदवारबीच प्रतिस्पर्धा रहेको थियो ।