सिन्धुपाल्चोक–२ मा नेकपाका दुलाल विजयी


काठमाडौं, २४ फागुन । सिन्धुपाल्चोक–२ मा नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता युवराज दुलाल निर्वाचित भएका छन् । उनले २१ हजार ५७२ मत ल्याएका छन् । नेपाली कांग्रेसका वंशलाल तामाङले १९ हजार १४६ मतमा रोकिए ।

उनीहरुबीच २ हजार ५५३ मतको अन्तर छ । यस्तै, यो क्षेत्रमा एमालेका शेरबहादुर तामाङ १५ हजार ९२६ मत ल्याएर तेस्रो भए । रास्वपाका झलक श्रेष्ठ १४ हजार १९ मतसहित चौथो भए ।