काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले धनुषा–१ को मत परीणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरेको छ । आयोगले फागुन १८ गते धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। साह भने आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन्। आयोगले अदालतबाट आदेश नहुँदासम्म उक्त क्षेत्रको पहिलो हुने निर्वाचन प्रणाली तर्फको मतपरिणाम घोषणा नगर्न पत्र पठाएको हो।




प्रतिक्रिया