काठमाडौं, फागुन २५ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फ ८ निर्वाचन क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ।
आयोगले जनाएको अनुसार संखुवासभा, इलाम–१, अछाम–२, बाजुरा, गोरखा–१ र २ तथा धनुषा–१ र २ मा समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी रहेको हो। यसअघि धनुषा–३, महोत्तरी–१, सर्लाही–२, बारा–१, २, ३ र ४, रौतहट–१ तथा पर्सा–१, २ र ४ मा समानुपातिक मतगणना सम्पन्न भइसकेको छ।
त्यसैगरी रसुवा, सिन्धुली–१ र २ तथा दोलखामा पनि मतगणना सकिएको आयोगले जनाएको छ। सुदूरपश्चिमतर्फ कञ्चनपुर–१, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी र कैलाली–१ मा समानुपातिक मतगणना सम्पन्न भएको छ। पूर्वी क्षेत्रतर्फ ताप्लेजुङ, धनकुटा, झापा–३, मोरङ–२, ३, ४ र ६, सुनसरी–३, तेह्रथुम तथा उदयपुर–२ मा मतगणना सकिएको छ।
यसैगरी गुल्मी–१, रोल्पा, रुकुम पश्चिम, बाँके–१, २ र ३, अर्घाखाँची, कपिलवस्तु–२, दाङ–२ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व–१ र २, मुस्ताङ, म्याग्दी, स्याङ्जा–१, मनाङ, बाग्लुङ, काठमाडौँका १ देखि १० सम्मका सबै क्षेत्र, भक्तपुर–१ र २ तथा ललितपुर–१ र ३ मा पनि समानुपातिक मतगणना सम्पन्न भइसकेको छ। बाँकी निर्वाचन क्षेत्रको मतगणना क्रमशः जारी रहेको आयोगले जनाएको छ।




प्रतिक्रिया