काठमाडौं, फागुन २५ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीले मिहिनेत गर्दागर्दै पनि अपेक्षाकृत मत आउन नसकेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत आफूहरूले मिहिनेत गर्दागर्दै र भ्रष्ट पार्टी नहुँदा पनि निर्वाचनमा अपेक्षाकृत मत आउन नसकेको गुनासो गरेका हुन् ।
उनले दलहरूले आफ्ना एजेण्डाहरूमा पुनर्विचार गरेर अगाडि बढ्नुपर्ने सन्देश अहिलेको परिणामले देखाएको धारणा राखेका छन् । उनले लेखेका छन्,‘राप्रपाले मिहिनेत नगरेको पनि होइन, हाम्रो नेतृत्व भ्रष्ट र खराब पनि होइन, हामीले जनहित विपरीतका काम गरेको पनि होइन तथापि अपेक्षाकृत मत आउन सकेन । ताजा जनादेशको स्पष्ट सन्देश:आफ्ना एजेण्डाहरुमा पूनर्विचार गर ।’




प्रतिक्रिया