काठमाडौं, फागुन २५ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।
मतगणना अन्तिम चरणमा पुग्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सबैभन्दा अगाडि रहेको छ । रास्वपाले अहिलेसम्म १२४ स्थानमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसले १७, एमालेले ८ र नेपाली कम्युनिस्ट पार्टीले ७ सिट जितेका छन् । यस्तै श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन् भने १ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
मतगणना भइरहेका क्षेत्रमध्ये गोरखा–१ मा रास्वपाका सुदन गुरुङ, इलाम–१ मा कांग्रेसका निश्कल राई र सङ्खुवासभा–१ मा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् । धनुषा–१ मा रास्वपाको उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समावेश गरेको छैन ।




प्रतिक्रिया