ज्ञानेन्द्र शाहीको खेदो खन्दा विनिता कठायतको जमानत सफत


काठमाडौं, फागुन २५ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बाट जुम्लाको उम्मेदवार बनेकी विनिता कठायतको सदर जमानत सफत भएको छ । उनले सदर मतको न्यूनतम १० प्रतिशत पनि प्राप्त गर्न नसक्दा जमानत जोगाउन असफल भएकी हुन् ।

जुम्लामा चुनावी प्रतिस्पर्धामा रहेका १० उम्मेदवारमध्ये ६ जनाले आवश्यक मत कटाउन नसक्दा जमानत जफत भएको छ। त्यसमध्ये एक कठायत हुन । निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार गणना भएको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जुम्लामा खसेको ४० हजार ८ सय ७८ मतमध्ये १ हजार ७ सय ५ मत बदर भएको थियो भने ३९ हजार १ सय ७३ मत सदर भएको थियो। सो आधारमा उम्मेदवारले कम्तीमा ३ हजार ९ सय १७ मत ल्याउनुपर्ने थियो।

तर, रास्वपाकी कठायतले ४ सय २१ मत मात्रै प्राप्त गरिन्। यस्तै नेपाल मजदुर किसान पार्टीका बिर्खबहादुर रावतले ४ सय मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले १ सय १३ मत, नेकपा (माओवादी) का बिर्खबहादुर शाहीले ७० मत, नेपाल जनता पार्टीका रनिल विक्रम शाहीले ४३ मत र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १४ मत प्राप्त गरेपछि उनीहरूको जमानत जफत भएको हो।

निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्रं) १४ हजार ८ सय १६ मतसहित विजयी भएका छन्। उनले नेकपाका उम्मेदवार नरेश भण्डारीलाई ३ हजार १ सय ८१ मतान्तरले पराजित गरेका हुन्। भण्डारीले ११ हजार ६ सय ३५ मत प्राप्त गरेका थिए।