नेप्सेमा लाग्यो दोस्रो सर्किट ब्रेक


 काठमाडौँ, २५ फागुन। सोमबार सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । निर्वाचनपछि खुलेको नेप्सेको कारोबार शुरु भएको एक मिनेटमै सकारात्मक सर्किट लागेको थियो ।

 पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । 

यस अवधिमा नेप्से १३५.७२ अंकले बढेर २ हजार ८४८ दशमलव २२ विन्दुमा पुगेको छ । यस अवधिमा २८ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।