काठमाडौँ, २५ फागुन । नेप्से बजारमा लगातार ३ सकारात्मक सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको छ । कुल ६ प्रतिशत सेयर बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो ।
कारोबार शुरु भएको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको नेप्सेमा ५ प्रतिशतले बढेर पुनः सकारात्मक सर्किट ब्रेक लागेको थियो ।
४० मिनेटका लागि कारोबार बन्द भएर खुलेको नेप्सेमा ६ प्रतिशतले बढेर फेरि तेस्रो पटक सकारात्मक सर्किट लागेको हो । जसले गर्दा आजका लागि कारोबार नै बन्द भएको छ ।
आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक (६ प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।




प्रतिक्रिया