बालेन शाहले बुझाए निर्वाचन खर्च विवरण, जम्मा १४ लाख १७ हजार २८९ खर्च


काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले खर्च विवरण बुझाउनुपर्ने छ । सोहीअनुसार शाहले आफ्नो खर्च विवरण आयोगसमक्ष बुझाएका हुन् ।

उनले बुझाएको विवरणअनुसार जम्मा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको छ । उनले इन्धनसहित दुई वा सवारी साधन भाडा १२ दिनको दरले २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।