रास्वपालाई जितको लागि नारायणकाजीको बधाई, अन्तिममा गम्भीर ध्यानाकार्षणपनि


काठमाडौं, २५ फागुन । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा व्यापक समर्थनसहति विजयी हाँसिल गरेकोमा रास्वपा र यसका नेताहरुलाई बधाई दिएका छन् । उनले जनताको तर्फबाट दिईएको यो जनादेश सुशासन, समृद्धि र सामाजिक न्यायको लागि र सकारात्मक परिवर्तनको लागि हो भनेका छन् । उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता एवं स्वाधिनताको रक्षा र संविधान एवम् लोकतन्त्रको रक्षाको विषयमा कुनै सम्झौता वा कमजोरी हुन नपाओस भनेर गम्भीर ध्यानाकार्षण गराएका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यापक समर्थन सहित विजय हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी र सो पार्टीका नेताहरुलाई बधाई दिँदै कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।
जनताको तर्फबाट दिइएको यो जनादेश सुशासन ,समृद्धि र सामाजिक न्यायको लागि हो , सकारात्मक परिवर्तनका लागि हो । यसलाई केन्द्र बिन्दूमा राखेर अघि बढ्नका लागि शुभेच्छा प्रकट गर्दछु । तर यसका साथै राष्ट्रिय सार्वभौमिकता , भौगोलिक अखण्डता एवं स्वाधीनताको रक्षा र संविधान एवं लोकतन्त्रको रक्षाको विषयमा कुनै सम्झौता वा कमजोरी हुन नपसोस् भन्नेमा पनि गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ ।