गोरखा–१ बाट सुधन गुरूङ निर्वाचित, ल्याए २९ हजार ८९६ मत


काठमाडौं, २५ फागुन । गोरखा–१ मा रास्वपाका उम्मेदवार सुधन गुरूङ निर्वाचित भएका छन् । उनले २९ हजार ८९६ मत ल्याएका हुन्। नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत ल्याएर दोस्रो भएका छन् ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टी उम्मेदवार हरिराज अधिकारीले ११ हजार १२४ मत ल्याएका छन्। गोरखा–२ मा पनि रास्वपाका कविन्द्र बुर्लाकोटीले जितेका छन् । उनले १६ हजार ६६० मत ल्याएर जित हाँसिल गरेका छन् ।

उनले पनि यो क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई पराजित गरेका हुन् । उनले ११ हजार ७०० मत ल्याए । तेस्रोमा नेकपाका लेखनाथ न्यौपाने भएका छन् । न्यौपानेले ११ हजार ७३ मत ल्याए ।