काठमाडौं, २६ फागुन । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता हासिल गरेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार झापा–५ मा रास्वपाले समानुपातिकतर्फ सबैभन्दा बढी ५२ हजार ८१५ मत प्राप्त गरेको छ।
यस क्षेत्रमा नेकपा (एमाले) ले भने समानुपातिकतर्फ १५ हजार ८९ मत मात्रै प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएको छ। एमालेपछि हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले ८ हजार ८३९ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ४ हजार ८८ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले ३ हजार ४०१ मत प्राप्त गरेको छ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १ हजार ६६० मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।यसअघि यही क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पनि रास्वपाले उल्लेखनीय जित हासिल गरेको थियो। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका थिए।
शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत मात्रै पाएका थिए। यसरी शाहले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।




प्रतिक्रिया