काठमाडौँ, २६ फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। आज एकैदिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ ।




प्रतिक्रिया