काठमाडौं, फागुन २६ । कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत अवस्थामा फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ । गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीको श्रीमती अन्दाजी ५० वर्षीया माना देवी चौधरी आफ्नै घर नजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्दै प्रहरीमा खबर पुगेको थियोे ।
शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएकि चौधरीको उनकै श्रीमानले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बताए । उनकाअनुसार आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । आमाको हत्यापछि बुवाविरूद्व छोरा २८ वर्षीय मगरु चौधरीले कारवाहीको माग गर्दै कर्तव्य ज्यान शिर्षकमा जाहेरी दिएका छन् । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया