काठमाडौं, २६ फागुन । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन् । सिंहदरबारमा पुगेर चिनियाँ राजदूतले गृहमन्त्री अर्यालसँग भेट गरेका हुन् । सो अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा छलफल भएको थियो ।
गृहमन्त्री अर्यालले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको जनाईएको छ । मन्त्री अर्यालले चीनले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । साथै, भविष्यमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया