आज दुबईमा राहत उडान गर्दै निगम


काठमाडौं, फागुन २६ । नेपाल वायुसेवा निगमले आज काठमाडौं-दुबई-काठमाडौं राहत उडान गर्ने भएको छ । निगमले मंगलबार एक सूचना जारी गर्दै काठमाडौं-दुबई विशेष उडान सुरु गर्न लागेको जानकारी दिएको हो । निगमको RA२२९ जहाज आज काठमाडौंबाट–दुबई प्रस्थान गर्ने र RA २३० जहाज भोली(१२ मार्च) दबईबाट–काठमाडौं आउने तालिका रहेको जनाएको छ ।

’२८ फेब्रुअरीदेखि ०९ मार्च २०२६ सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुहरुले ११ मार्च २०२६ को दिन यात्रा गर्न इच्छुक यात्रुले निगमबाट टिकट पुनः प्रमाणिकरण गराई यात्रा गर्नुहुन अनुरोध गरिन्छ । निगमबाट टिकट पुनः प्रमाणिकरण गरिएका यात्रुहरु मात्र विमानस्थल जानु हुनका लागि समेत अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ । जहाजको सिटको उपलब्धता अनुसार पहिलेदेखि रोकिनु भएका यात्रुलाई पहिले आउनेले पहिले पाउने आधारमा टिकट उपलब्ध गराईने पनि निगमले सूचनामा उल्लेख गरेको छ ।