रवि लामिछानेको चुनावी खर्च सार्वजनिक, के–के मा भयो झन्डै १० लाख खर्च


काठमाडौं, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित लामिछानले चुनावी अवधिमा नौ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको बताएका हुन् ।

लामिछानेले मनोनयन दर्ता खर्चमा १० हजार, नमुना मतपत्र सामग्री छपाईमा ६८ हजार १६१, यातायात तथा ईन्धन खर्च
(२ वटा १५ दिन)मा २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च (दुई दिन) मा १४ हजार दुई सय, २८ वडामा वडास्तरीय प्रचार प्रसारमा ४६ हजार, प्रचारप्रचार सामग्री खरीद झण्डा र ब्याचमा एक लाख १२ हजार, प्रचारप्रसार सामग्री खरीदमा
५५ हजार, खाद्यान्न तथा राखन खरिद एक लाख ९६ हजार, तीन पटकको हवाई खर्च १३ हजार ६२६, गोष्ठी तथा भेलामा एक लाख ८० हजार गरेर जम्मा नौ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको जनाएका छन् ।