काठमाडौँ, २७ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजना हुन गैरहेको अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन भट्टराई भारत गएका हुन् ।
‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको सो बौद्धिक तथा वैज्ञानिक विमर्श नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने समिटमा डा. भट्टराई ‘गेस्ट अफ अनर’ को रूपमा सहभागी हुँदैछन् ।
उक्त आयोजनामा भट्टराईले डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै लोकतन्त्र, सुशासन र युवाको भूमिकाबारे आफ्ना विचार प्रस्तुत गर्नेछन् । भट्टराई फागुन ३० (मार्च १४ ) गते स्वदेश फर्कने कार्यक्रम छ ।





प्रतिक्रिया