जनमतले बोलायो निर्वाचन समिक्षा बैठक


काठमाडौं, २७ फागुन । सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सचिवालय तथा उम्मेदबार÷पर्यवेक्षकहरूसँग निर्वाचन समीक्षा बैठक राखेको छ । जनमत पार्टीले आज बुधबार निर्वाचन समीक्षाको लागि केन्द्रीय सचिवालय बैठक राखेको हो । लगत्तै उम्मेदबार र पर्यवेक्षकहरूसँग अनलाइन बैठक दिउँसो १ः०० बजे राखेको छ।

यस्तै, केन्द्रीय समितिको विस्तारित बैठक भने भोलिको लागि डाकेको छ । भोलि फाल्गुन २८ गते बिहीबार निर्वाचन समीक्षाको लागि केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् र प्रदेश समन्वय समितिको संयुक्त विस्तारित अनलाइन बैठक विहान ११ः०० बजेदेखि राखेको छ।