एकसातामा सुनचाँदीको मूल्य कति बढ्यो, कति घट्यो ?


काठमाडौं, फागुन २८ । बुधबारको तुलनामा आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य दुई हजार र चाँदीको मूल्य २०५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार कायम रहेको छ भने सोही परिणामको चाँदीको मूल्य पाँच हजार ५१५ निर्धारण गरिएका छ । हिजो बुधबार सुन प्रतितोला तीन लाख १९ हजारमा खरिदबिक्री भएको थियो भने चाँदी तोलाको पाँच हजार ७२० मा खरिद बिक्रि भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार र चाँदीको मूल्य पाँच हजार ७२० रहेको थियो । त्यसअघि सोमबार एक तोला सुनको मूल्य तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको चाँदी प्रतितोला पाँच हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।