काठमाडौँ, २८ फागुन । नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
हिजो (बुधबार) ३ लाख १९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ५ हजार ७२० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ५ हजार ५१५ रूपैयाँमा कारोबार भएको छ ।




प्रतिक्रिया