निर्वाचन आयोगद्वारा मातृका यादव निर्वाचित भएको घोषणा


काठमाडौं, २८ फागुन । निर्वाचन आयोगले धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टीका मातृका यादवलाई निर्वाचित भएको घोषणा गरेको छ । यो क्षेत्रमा रास्वपाका उम्मेदवार किशोरी साह कालोसूचीमा परेर निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

तर, उनको पक्षमा अत्यधिक मत आएको थियो । यसअघि नै निर्वाचन अधिृकतको कार्यालयले पनि यादवलाई विजय भएको भन्दै प्रमाणपत्र प्रदान गरिसकेको छ । उता, रास्वपाका उम्मेदवार साह भने अदालत गएका छन् ।