नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौँ, २८ फागुन । नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी जिल्ला पुतलीबजार नगरपालिका-१४ सतौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भन्ने पूर्ण बहादुर लामिछानेलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत स्याङ्जाले उक्त मुद्दामा २२ दिन कैद र ६ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पुतलीबजार नगरपालिका-१ प्रगतिनगरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।