काठमाडौं, २८ फागुन । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष माग गरेकी छिन् । हालै आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर प्रतिवेदन बुझाईसकेका छन्। यही सन्दर्भमा श्रेष्ठले प्रतिवेदन सार्वजनिक हुनुपर्ने र सबैले पढ्न पाउनुपर्ने बताएकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्–
‘गौरीबहादुर कार्कीको प्रतिवेदन सार्वजनिक हुनैपर्छ, हामीले त्यो पढ्न पाउनुपर्छ । कतिवटा विषयहरु अनुत्तरित छन्, ती अनुत्तरित विषयहरुमा क्लोजर चाहिन्छ । हामीले पड्न पाउनुपर्छ । धेरै आयोगहरुको प्रतिवेदन लुकाउने काम पहिलेका सरकारहरुले गर्यो, अब यो नागरिक सरकारले नगरोस् । हामीलाई उत्तर चाहिन्छ ।’




प्रतिक्रिया