काठमाडौं, २८ फागुन । सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको हत्या प्रकरणमा न्याय माग्नको लागि सडकमा ऋषि धमलापनि उत्रिएका छन् । अभियन्ताहरुले माइतीघरमा सुरु गरेको र्यालीमा धमलापनि सहभागी भएका छन् । धमलाले नेपालमा छोरी/चेलीहरु असुरक्षित भएको भन्दै बलात्कारीहरुलाई अब कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताए ।
नेपालमा बलात्कारीलाई जसरी कारबाही हुनुपर्ने हो त्यसरी कारबाही नभएको कुरा धमलाले आलोचना गरे । महिलाथि भएको अत्याचार, हिंसा, बलात्कारको घट्नामा संलग्न दोषीहरुलाई राजनीतिक संरक्षण हुने गरेको भन्दै धमलाले अब बलात्कारीलाई कारबाही हुने विश्वास दिलाए । उनले भने,‘अब बलात्कारीलाई कारबाही हुन्छ, हुन्छ, हुन्छ । बलात्कारपछि जसरी इनिसाको हत्या भएको छ, ती अपराधीलाई खोजेर ल्याईन्छ । हाम्रो देशमा बलात्कारीलाई कस्तो सजाय हुनुपर्छ भनेर बहस सुरु भएको छ, अब दुई तिहाई बहुमतको सरकार बन्दैछ, संविधान संशोधन गरेर भएपनि बलात्कारीलाई फासी दिनुपर्छ ।’








प्रतिक्रिया