काठमाडौं, २८ फागुन । रास्वपाका नेता तथा काठमाडौं–६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले चुनावमा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च गरेका छन् । उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।
खनालले सबैभन्दा बढि खर्च डिजिटल तथा प्रावधिक सामाग्री उत्पादनमा खर्च गरेका छन् । उनले त्यसमा ५ लाख १९ हजार रुपैयाँ खर्च गरेका छन् । यस्तै, दोस्रो बढि खर्च भने खाजा, खाना तथा बुथ व्यवस्थापनमा गरेका छन् । यो शीर्षकमा उनले ५ लाख १५ हजार ३११ रुपैयाँ खर्च गरेका छन् ।





प्रतिक्रिया